नियम ३
कोषको स्थापना
(१) प्रधानमन्त्री सहायता कोष नामको एक कोषको स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन् ।
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) कोषलाई आवर्ति कोष (रिवल्विङ फण्ड) को रूपमा सञ्चालन गरिनेछ ।